सरकारले फिर्ता लियाे नागरिकता विधेयक

काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभा विचाराधीन रहेको नागरिकता विधेयक फिर्ता लिएका छन् ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ साउन २२ गते प्रतिनिधिसभामा नागरिकता विधेयक दर्ता गरेको थियो ।

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिएसँगै सरकारले अर्को विधेयक अघि बढाउने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक फिर्ता लिएका हुन् ।

फिर्ता लिइएको यो विधेयकमाथि प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले २ वर्ष दफावार छलफल गरी प्रतिवेदन प्रतिनिधिसभामा पठाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 5 =