‘सेभ त्रिचन्द्र’ को पक्षमा काठमाडौँमा र्‍याली (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँमा ‘सेभ त्रिचन्द्र’को पक्षमा र्‍यालीसहित प्रदर्शन गरिएको छ । जीर्ण त्रिचन्द्र कलेजको भवनको पुनर्निर्माण माग राख्दै नेपाल विद्यार्थी संघ त्रिचन्द्र इकाईको अगुवाइमा आज विभिन्न कलेजका विद्यार्थीहरूले र्‍यालीसहित प्रदर्शन गरेका हुन् ।त्रिचन्द्र कलेजबाट सुरु भएको र्‍याली रत्नपार्क, जमल, तिनधारा पाठशाला हुँदै पुनः त्रिचन्द्रमै आएर समापन भएको थियो । ०७२ सालको विनाशकारी भूकम्पले जीर्ण बनाएको त्रिचन्द्र कलेजको अवस्था अहिले दयनीय छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *