भट्टराई भन्छन्- कांग्रेसकाे दक्षिणपन्थी बैसाखी फालाैँ, वाम मेलमिलापकाे आधार तयार पाराैँ

काठमाडाैँ । नेकपा [एमाले] का पाेलिटब्यूराे सदस्य खिमलाल भट्टराईले जनताहरूले वामपन्थीहरू मिलेकाे हेर्न चाहेकाे बताएका छन् । ‘नेपालका हामी कम्युनिष्टहरूले सोच्ने बेला आएन र ? जनता कम्युनिष्ट मिलेको हेर्न चाहन्छन्,’ भट्टराईले भनेका छन् ।

उनले कांग्रेसकाे दक्षिणपन्थी बैसाखी फाल्ने बेला भएकाेसमेत बताएका छन् । ‘नमिल्दा कांग्रेसले फाईदा लिन्छ । यसो हुँदा देशमा न संविधानको सही कार्यान्वयन, न विकास र समृद्धि न राष्ट्रिय स्वाधीनताको रक्षा र प्रवर्द्धन नै हुन्छ । देशको अवस्था झनै बर्बादीतिर जानेछ,’ उनले थप भनेका छन् ।

यसको परिणाम देशमा पश्चगमनको लागि आधार तयार जाने चिन्ता भट्टराईकाे छ । ‘यो अवस्थालाई हामीले टुलुटुलु हेरेर बस्न मिल्ला र ?,’ उनले प्रश्न गरेका छन् । यसलाई हेरेर मात्रै बस्न नमिल्ने सम्झाउँदै उनले थपेका छन्, ‘त्यसैले कांग्रेसले दक्षिणपन्थी बैसाखी मिल्काइदिऔँ र वाम मेलमिलापको आधार तयार पाराैँ । यसबाट नै देश र जनताको भलाई हुनेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *