बाजुरा : मतदानका क्रममा बूढीगंगामा हवाई फायर
२०७९ असार २३ गते

काठमाडाैँ । बाजुराको बूढीगंगा नगरपालिकामा जारी मतदानका क्रममा विवादको स्थिति सिर्जना भएपछि प्रहरीले हवाई फायर गरिएकाे छ । मतदान गर्न १०/१० जना गरेर भित्र पठाउने क्रममा त्रिशक्ति माविको मतदान केन्द्रमा दुई पक्षका प्रतिनिधिबीच विवाद भएको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र लाेहनीले मकालुखबरसँग बताए । ‘विवाद भयाे र असामान्य स्थिति नबनाेस् भनेर प्रहरीले हवाई फायर गरेकाे हाे । अहिले शान्त छ, मतदान भइरहेकाे छ,’ उनले भनेका छन् ।
गत ३० वैशाखमा भएको निर्वाचन विवादित भएपछि त्यसलाई रद्द गरेर पुनः अहिले मतदान भइरहेको छ । अहिले १० वटा मतदानस्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट प्रहरी निरीक्षकको नेतृत्वको टोली परिचालन गरिएको छ ।
अब भने शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न हुने अपेक्षा गरिएकाे प्रजिअ लाेहनीले बताएका छन् ।
२०७९ असार २३ गते
प्रतिक्रिया
सम्बन्धित








