बाजुराको बुढीगंगामा मतदान शुरु

काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकामा स्थानीय तहको पुनः मतदान शुरू भएकाे छ । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि त्यसलाई रद्द गरेर आज मतदान गरिएको हो ।

त्यहाँ बिहान ७ बजेदेखि मतदान शुरु भएको छ । शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी सूर्य थापाले जानकारी दिए । बूढीगंगा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *