उपसभापति खड्काको माग- ‘अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाऔं’

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न माग गरेका छन् । उनले सामाजिक सब्जालमार्फत अर्थमन्त्री जनार्दन शर्मामाथि लागेको आरोपका विषयमा छानबिन गर्न माग गरेका हुन् ।

जारी विवाद संसदीय छानबिन समिति गठन गरेर टुंगो लगाउनुपर्ने उनको भनाई छ । अर्थमन्त्री शर्माको नाम नलिएका उपसभापति खड्काले लागेका आरोपबारे यथार्थ कुरा सार्वजनिक गर्न माग गरेका हुन् ।

शबजेट निर्माणको बेलाको विषय समेतलाई जोडेर संसद र आमजनमानसको गम्भीर चासोको विषय बनिसकेपछि यो विषयलाई विश्वासिलो तरिकाले समाधान गर्न संसदीय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गरिनु ठीक हुन्छ’, उनले भनेका छन्, ‘विगतमा पनि संसदको यस्तो परम्परा छ। बरु ढिलो नगरौं आजै टुंगो लगाऊँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =