उपसभापति गुरुङलाई देउवाकाे जवाफ- गठबन्धन मिलाउनुपर्ने चुनाैती छ, सभापति बनेपछि थाहा पाउनुहुन्छ (भिडिओसहित)

काठमाडाैँ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनभित्र समस्या उत्पन्न हुनुलाई स्वाभाविकरूपमा लिनुपर्ने बताएका छन् । आफ्नो पार्टी मिलाउनुपर्नेमा गठबन्धन मिलाउनुपर्ने चुनौती रहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘एउटै पार्टीमा त समस्या हुन्छ । यसलाई सामान्यरूपमा लिनुपर्छ ।’
त्यसअघि उपसभापति धनराज गुरुङले सत्ता साझेदार दल नेकपा [माओवादी केन्द्र] र नेकपा [एकीकृत समाजवादी]प्रति लक्षित गर्दै झगडा नगर्न चेतावनी दिएका थिए । गुरुङकाे उक्त भनाइकाे जवाफस्वरूप प्रधानमन्त्री देउवाले भनेकाे छन्, ‘के हुन्छ भन्ने कुरा पछि सभापति बनेपछि थाहा पाउनुहुन्छ । आफ्नाे पार्टी मिलाउनुपर्नेमा गठबन्धन मिलाउनुपर्ने अवस्था छ । साथीहरूले यसरी बुझ्नुस् ।’
नेपाली कांग्रेसका भूतपूर्व सभापति गिरिजाप्रसाद कोइरालाको शालिक अनावरणका क्रममा बोल्दै प्रधानमन्त्री देउवाले यस्ताे बताएका हुन् । उनले काेइरालाले नेपाली राजनीतिमा ठूलाे याेगदान गरेकाे बताए ।








