प्रचण्ड-माधवलक्षित धनराजकाे टिप्पणी- ‘आकाशमा उडिरहेकाे जहाजमा छाैँ, ङ्यारङ्यार नगरी सेफ ल्यान्डिङ्ग गराैँ’

काठमाडाैँ । सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सत्ता साझेदार दलहरूलाई कांग्रेसलाई आराेप नलगाउन अनुराेध गरेका छन् । मंगलबार आयाेजित गिरिजाप्रसाद काेइरालाकाे शालिक अनवरण कार्यक्रमलाई सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन् । ‘हामी जहाजमा चढिसकेका छाैँ,’ उनले भनेका छन्, ‘जहाज आकाशमा छ । त्यहाँभित्र बसेर ङ्यारङ्यार-ङूरङूर नगराैँ । झगडा नगराैँ । आकाशमा उडिरहेकाे जहाजभित्र झगडा गर्दा दुर्घटना हुन्छ ।’

आकाशमा उडिरहेकाे जहाजबाट ‘प्यारासूट’ जम्प गर्दापनि खुट्टा भाँचिने डर हुने दृष्टान्त सुनाउँदै उनले थपे, ‘यसकाे सेफ ल्यान्डिङ्ग गर्नैपर्छ । साथीहरूलाई म भन्छु, अहिले हामी आकाशमा छाैँ । अहिले झगडा नगराैँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 12 =