माओवादी विद्यार्थी संगठन फुट्यो, पवन कार्कीको नेतृत्वमा १९९ सदस्यीय आयोजक समिति घोषणा 

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी अन्ततः विभाजन भएको छ । अध्यक्ष पञ्चा सिंहले संगठनमा एकलौटी गरेको विधि विधानलाई कागजको खोस्टो बनाएको भन्दै उपाध्यक्ष पवन कार्कीको नेतृत्वमा अलग्गै समानान्तर समिति घोषणा गरेसँगै सो संगठन विभाजन भएको हो ।

अध्यक्षज्यूको समूहले विधान विपरित पदाधिकारी तथा केन्द्रीय समितिको सङ्ख्या थपे पछि हामीले आपत्ति जनाउँदै आएका थियौँ तर उहाँले कुनै अनुरोध मान्नु भएन,’ असन्तुष्ट समूहका समीर बुढाथोकीले  भने, ‘संगठनलाई विधान बमोजिम अघि बढाउनका लागि हामीले १ सय ९९ सदस्यीय आयोजक समिति निर्माण गरेका हौँ ।’ उनका अनुसार सो आयोजक समितिले संगठनलाई विधान बमोजिम काम कारबाही गराउन र सम्मेलनको तयारी गर्नेछ ।

यसअघि फ्याक्सन इन्चार्ज हितमान शाक्य र पन्चा सिंहले  जुम बैठकमा सबैलाई म्युट गरेर एक पक्षीय रूपमा पदाधिकारी घोषणा गरेका थिए  र  गत असार ५ गते फरक मत राख्नेलाई प्रहरी लगाएर बाहिर निकाली प्रहरीको घेरामा एकपक्षीय रूपमा बैठक गरेको थियो । वानेश्वरस्थित नेपाल बानेश्वर क्याम्पसवाट घोषणा हुने उक्त नयाँ कमिटीमा असन्तुष्ट पक्षका देशैभरका विद्यार्थी नेताहरुको समर्थन रहेको बुढाथोकीले दाबी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + three =