रञ्जु दर्शनाले गरिन् काठमाडौँ ५ बाट स्वतन्त्र सांसद उठ्ने औपचारिक घोषणा

काठमाडौँ । पछिल्लो समय सक्रिय राजनीतिबाट गरेकी रञ्जु दर्शना आउँदो प्रतिनिधिसभा चुनाव लड्ने भएकी छन् । २०७४ सालको स्थानीय निर्वाचनमा विवेकशील नेपाली दलबाट काठमाडौँको मेयरमा उठेकी रञ्जु यसपटक काठमाडौँ क्षेत्र नम्बर ५ बाट स्वतन्त्र सांसद उठ्ने भएकी हुन् ।

उनले सामाजिक सञ्जालमार्फत चुनाव लड्ने औपचारिक घोषणा गर्दै सहयोग गर्न चाहनेका लागि अनलाइन फारमसमेत खुलाएकी छन् । काठमाडौँ क्षेत्र नम्बर पाँच नेकपा एमालेका सांसद ईश्वर पोखरेलको क्षेत्र हो । यसअघि विवेकशीलका संस्थापक नेता उज्जवल थापाले उक्त क्षेत्रबाट उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *