अर्थमन्त्री जाेडिएकाे प्रकरणमा एमालेकाे माग- मन्त्रालयकाे २४ घण्टाकाे सीसीटीभी फूटेज हेराैँ (भिडिओसहित)

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा [एमाले] ले अर्थ मन्त्रालयकाे सीसीटीभी फूटेज हेर्न माग गरेकाे छ । बजेट बनाउँदा जेठ १४ गते राति अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई करकाे दर निर्धारण गर्न दिएकाे भन्दै आलाेचना भएपछि एमालेले सीसीटीभी फूटेज हेर्न माग गरेकाे हाे । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले भने, ‘संसद्‌मा प्रश्न उठ्याे, अर्थमन्त्रीजीले हाेइन भन्नुभयाे । हाे वा हाेइनकाे प्रश्न त अहिले त सजिलाे छ त २४ घण्टाकाे सीसीटीभी फूटेज देखाइदिनुस् त ।’

६४औँ संसद् दिवसका अवसरमा आयाेजित कार्यक्रममा नेम्वाङले यस्ताे बताएका हुन् । ‘मैले साह्रै धेरै केही भन्दिनँ,’ उनले भने, ‘मैले यसअघि पनि त्यही सुझाव दिएकाे हुँ । यहाँ पनि त्यही दाेहाेर्‍याउँछु, हाे वा हाेइनमा विवाद नगराैँ । सीसीटीभी फूटेज हेराैँ ।’

अर्थमन्त्री शर्माले बजेट बनाउँदाताका पूर्वनासुकाे सहयाेग लिएकाे र मन्त्रालयका अन्य अधिकारीहरूले विराेध गर्दा अर्थमन्त्री शर्माले ‘उहाँले भन्नुभएकाे कुरालाई सदर मान्नू’ भनेर उनीहरूलाई बताएकाे कुरा सञ्चारमाध्यममा छ्यापछ्याप्ती आएका थिए । यसपछि एमालेले यसकाे सशक्त विराेध गर्दै आएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + three =