ओलीलाई वामदेवकाे प्रस्ताव- ‘वाम गठबन्धन गरेर निर्वाचनमा जाऔँ’

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेकपा [एमाले]का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । भेटमा उनले वाम गठबन्धन गरेर आसन्न निर्वाचन लड्न प्रस्ताव गरेका छन् । ‘आफू- आफू चुनाव लड्ने हो भने कम्युनिष्टहरूकाे हार निश्चित छ, त्यसैले प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा मिलेर चुनाव लडाैँ । कम्युनिष्टबाट मात्रै याे देशकाे हित हुनसक्छ,’ वामदेवलाई उद्धृत गर्दै एक नेताले बताए ।
उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई समेत साेही आग्रह गर्ने ओलीलाई सुनाएका थिए । जवाफमा ओलीले त्यसलाई सकारात्मक लिएकाे प्रतिक्रिया दिएका थिए ।
वामदेवले गत साेमबार मात्रै नेकपा एकता राष्ट्रिय अभियान दल बनाएका छन् । उनी त्यसअघि साेही नामकाे महाअभियान सञ्चालन गर्दै आएका थिए । पार्टीकाे मुख्य कार्यभार वामपन्थीहरूबीचकाे एकता छ ।








