शेखर समूहकाे बैठक बस्दै
२०७९ असार १६ गते

काठमाडाैँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक बस्दैछ । बैठक बिहीबार दिउँसो ३ बजे बत्तीसपुतलीस्थित अनुपम फूड्ल्यान्डमा बस्ने छ ।केन्द्रीय कार्यसमिति बैठकमा चुनावको समीक्षा हुन नसकिरहेका बेला कोइराला समूहले आफ्नो पक्षको बेग्लै बैठक गर्न लागेको हो ।
यो समूहको बैठकले केन्द्रीय समिति बैठकको माग गर्ने बताइएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले विधानको कार्यान्वयन र भ्रातृ संस्थाको नेतृत्व एकलौटी चयन गरेको भन्दै शेखर समूहले आन्तरिक छलफलमा जुटेको हाे ।
बैठकमा शेखर समूहका केन्द्रीय सदस्य र सांसदहरूलाई बाेलाइएकाे छ ।
२०७९ असार १६ गते
प्रतिक्रिया
सम्बन्धित








