२२ वर्षपछि छानिए ६६० भन्सार एजेन्ट (सूचीसहित)

काठमाडाैँ । लोकसेवा आयोगले भन्सार एजेन्टहरुको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगको परीक्षाको माध्यमबाट ६६० जना भन्सार एजेन्टको इजाजतका लागि छनौट भएका हुन् ।

यसअघि पटक-पटक स्थगित हुँदै आएको भन्सार एजेन्टको परीक्षा गत वैशाख १७ गते भएको थियो । निर्वाचन आयोगले परीक्षाफल निर्वाचन आचार संहिता लागू हुने समय सकिएपछि प्रकाशित गर्ने गरी परीक्षा गर्न सहमति दिएपछि ६६० भन्सार एजेन्टको परीक्षा वैशाख १७ गते भएको थियो ।

याेसँगै २२ वर्षपछि पहिलोपटक भन्सार एजेन्ट नियुक्त भएका हुन् । ०५७ मा ५६ जना एजेन्ट नियुक्ति भएयता कुनै पनि एजेन्ट नियुक्ति गरिएको थिएन । सरकारले हालसम्म चार सय ८१ जना भन्सार एजेन्ट नियुक्ति गरेको छ। तर, करिब दुईतिहाइ एजेन्ट निष्क्रिय छन् । लामो समयदेखि भन्सार एजेन्ट नियुक्ति नहुनु र भएका पनि अधिकांश निष्क्रिय हुँदा अन्तर्राष्ट्रिय व्यापारमा समस्या देखिएका थिए  ।

आधिकारिक रूपमा छनौट भएका भन्सार एजेन्टले भन्सारमा पैठारी तथा निकासी हुने मालवस्तुको पैठारी तथा निकासी कर्ताकोतर्फबाट मालवस्तुको घोषणा गर्न सक्नेछन् । भन्सार एजेन्टले यसबापत शेवा शुल्क लिन सक्नेछन् ।

हेर्नुहोस् विभागद्वारा सार्वजनिक नतिजा :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 2 =