भद्रगाेल विवेकशील साझा : ‘सर्वपक्षीय सहमति’ खाेजिँदै, काे-काे छन् अध्यक्षका आकांक्षी ?

काठमाडाैँ । वैकल्पिक राजनीतिकाे नेतृत्व गर्नेगरी स्थापना भएकाे विवेकशील साझा पार्टी यत्तिबेला भद्रगाेल अवस्थामा आइपुगेकाे छ । अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएसँगै याे पार्टी भद्रगाेल अवस्थामा आइपुगेकाे हाे । अध्यक्ष मिश्रले स्थानीय निर्वाचन २०७९ मा अपेक्षाकृत नतिजा दिलाउन नसकेकाे भन्दै नैतिकतामा आधारमा राजीनामा दिएपछि पार्टी नेतृत्व/एजेन्डाविहीन बनेकाे हाे । यसपछि शीर्षस्थ नेताहरूले चिन्ता व्यक्त गर्दै छलफल तथा बहस/विमर्शमा जुटेका छन् ।

नेताहरूले पार्टीभित्र ‘सर्वक्षीय सहमति’ खाेजिरहेकाे बताएका छन् । पार्टीभित्रै फरक मत राख्ने र छुट्टै समूहका रूपमा रहेकाहरूलाई पनि समेट्दै अघि बढ्ने बताएपनि अवस्था त्यति सजिलाे भने पक्कै छेन । ‘अहिले हामी सर्वपक्षीय सहमति खाेज्दैछाैँ,’ सचिवालय सदस्य प्रकाशचन्द्र परियारले मकालुखबरसँग भनेका छन्, ‘हामीले मिलेरै अगाडि जानुपर्छ र सबैलाई समेटेरै जानुपर्छ भनेका छाैँ ।’

अबकाे बिन्दुबाट पार्टीलाई कसरी अगाडि बढाउने भन्नेबारे नेताहरूबीच छलफल भइरहेकाे उनकाे भनाइ छ । ‘पार्टीभित्र फरक विचार/मत राख्ने साथीहरू पनि हुनुहुन्छ, फरक समूह बनाएर बस्ने साथीहरू पनि हुनुहुन्छ । उहाँहरू सबैलाई समेटेर जानुपर्छ भनेका छाैँ । त्यसका लागि आवश्यक छलफल भइरहेकाे छ । हाम्राे अभिप्राय भनेकै पार्टीलाई एकढिक्का बनाएर लाने हाे ।’

अध्यक्ष मिश्रले विचारभन्दा माथि देश दस्ताबेजमार्फत सङ्घीयताकाे खारेजी र धर्मनिरपेक्षतामाथि जनमत सङ्ग्रह गर्नुपर्ने एजेन्डा अघि सारेपछि तितरबितर भएकाे विवेकशील साझाकाे अबकाे बाटाे कुन हाे ? भन्ने प्रश्नमा उनले भनेका छन्, ‘यी यावत् विषयबारे हामीले अब बस्ने केन्द्रीय समिति बैठकमै छलफल गर्छाैँ र टुङ्ग्याउँछाैँ ।’

‘भदाैसम्ममा नेतृत्व महाधिवेशन, त्यसअघि वैचारिक ‘मतैक्य’

विवेकशील साझाले आगामी भदाैसम्ममा नेतृत्व महाधिवेशन गर्नेगरी छलफल गरिरहेकाे छ । त्याेसँगै अन्य वैचारिक समस्याबारे पनि लगाताररूपमा छलफल भइरहेकाे नेताहरूले बताएका छन् । ‘छलफल भइरहेकाे हाे,’ नेता केशव दाहालले भनेका छन्, ‘त्याेभन्दा अगाडि वैचारिक मतभेदचाहिँ सुल्झिनुपर्छ भनेका छाैँ । त्यही दिशामा छलफललाई लाने प्रयासमा छाैँ ।’

नेता दाहाल संयाेजक मिलन पाण्डेसँग वैचारिकरूपमा नजिक छन् । उनी अध्यक्ष मिश्रकाे विचारभन्दा माथि देशकाे विपक्षमा उभिएका थिए । उनीलगायतका नेताहरूले काउन्टर दस्ताबेज नै दर्ज गराएका थिए । यसपछि पछिल्लाे पटक अध्यक्ष मिश्रले नेता दाहाललगायत अन्य २६ जना केन्द्रीय समिति सदस्यहरूलाई कारबाही गरेका थिए । त्याेभन्दा अगाडि नै संयाेजक पाण्डेलाई पार्टीले कारबाही गरेकाे थियाे । ती कारबाहीहरू पनि महाधिवेशनअगावै टुङ्गिनुपर्ने भनाइ नेता दाहालकाे छ । ‘महाधिवेशनमा जाँदा वैचारिक छलफल हुनुपर्छ । तर मतभेदलाई चाहिँ त्याेअगावै टुङ्ग्याउनुपर्छ र कारबाहीहरूका सन्दर्भमा पनि त्यही हाे ।’

भदाैसम्ममा महाधिवेशन हुनुपर्नेमा अध्यक्ष मिश्र पक्षका नेताहरू पनि सहमत छन् । त्यहीअुनसार छलफल भइरहेकाे भनाइ नेता परियारकाे छ, भन्छन्— ‘भदाैसम्म वा भदाैभित्रै नेतृत्व महाधिवेशन गर्नेगरी छलफल गर्दैछाैँ । भदाै २ सम्ममा गराैँ र पार्टीलाई एक बनाएर लैजाउँ भन्ने छ हाम्राे ।’

‘रवीन्द्रसँगै विचारभन्दा माथि देश पार्टीमा रहेन’

संयाेजक मिलन पाण्डे पक्षले वैचारिक मतभेदलाई छाडेर अघि बढ्नुपर्ने प्रस्ताव गरेकाे छ । अध्यक्ष मिश्रसँगै विचारभन्दा माथि देश दस्ताबेज पार्टी नरहेकाे तर्क याे पक्षकाे छ । नेता दाहालले भनेका छन्, ‘पार्टीमा रवीन्द्रजी नै नरहिरकेपछि उहाँकाे दस्ताबेज त रहने कुरा भएन । त्याे आधिकारिकरूपमा केन्द्रीय कमिटीले ल्याएकाे पनि हाेइन । रवीन्द्रजीले त्याे आफ्नाे राजीनामापत्रमा पनि खुलाउनुभएकाे थियाे । कुरै त्यसै हाे । उहाँसँगै उहाँकाे दस्ताबेज पनि पार्टीमा अब छैन ।’

अब पुरानाे शिरा छाेडेर नयाँ तरिकाले लाेकतान्त्रिक शिराबाट अघि बढ्नुपर्ने भनाइ नेता दाहालकाे छ । ‘अब पार्टीलाई नै नयाँ शिराबाट अगाडि बढाउनेबेला भएकाे छ,’ उनले भनेका छन्, ‘अब पुरानाे मतभेदलाई छाेडेर अघि जानुपर्छ भन्ने हाम्राे भनाइ छ र अब त्यसरी नहिँडी पनि हुनेवाला छैन । अब पार्टी राजनीति नयाँ तरिकाले शुरू गर्नुपर्ने भएकाे छ ।’

यसअघि पनि यही दस्ताबेजका कारण संयाेजक पाण्डेसँगै नेता दाहाल, सचिवालय सदस्य रञ्जु दर्शनालगायतका नेताहरूले पार्टी छाेड्नुपरेकाे थियाे ।

अध्यक्षका लागि क-कसकाे दाबी ?

मिश्रले राजीनामा दिएसँगै नेतृत्वका लागि नेताहरूले आकांक्षा देखाएका छन् । विवेकशील साझामा मिश्रले नेतृत्व गरेकाे समूहबाहेक पनि अन्य २ वटा गुट छन् । संयाेजक पाण्डेले नेतृत्व गरेकाे एउटा समूह छ भने पछिल्लाे पटक बनेकाे निर्देश सिलवालहरूकाे अर्काे समूह छ । यी तीनै समूहहरूबीच अहिले छलफल भइरहेकाे भएपनि अध्यक्ष काे बन्ने भन्नेबारे कम छलफल भएका छन् ।

तर आन्तरिकरूपमा अध्यक्षका आकांक्षीहरू ४ देखि ५ जनासम्म छन् । अध्यक्ष मिश्र समूहबाट २ देखि ३ जनासम्म अध्यक्षका आकांक्षी रहेका छन् । त्यस समूहबाट सचिवालय सदस्य प्रकाशचन्द्र परियार, समीक्षा बाँस्काेटालगायतले आकांक्षा देखाएका छन् ।

उता पाण्डे समूहले स्वाभाविकरूपमा पार्टीकाे नेतृत्व मिलन पाण्डेले नै लिने बताउँछन् । नेता दाहालले भनेका छन्, ‘पार्टीकाे नेतृत्व संयाेजकले नै लिनुहुन्छ । उहाँले नै ओभरटेक गरेर पार्टी चलाउनुहुन्छ र याे हुनुपर्छ भन्ने हाम्राे मान्यता छ । याे स्वाभाविक प्रक्रिया पनि हाे ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *