इम्बोस्डका नाममा देवनागरी लिपि मास्ने कार्य असंवैधानिकः सांसद शाह

काठमाडौँ । आज बिहीबारको राष्ट्रियसभाको बैठकमा सांसद मदनकुमारी शाह (गरिमा)ले सवारीसाधनमा इम्बोस्ड नं प्लेट राख्ने विषयले नेपाली भाषा मास्ने र राष्ट्रियता कमजोर पार्ने बताएकी छन् ।

राष्ट्रियसभाको आजको बैठकमा उनले संविधानमा सरकारी कामकाजको भाषा प्रयोग गर्नुपर्ने भनिएको भए पनि त्यसको विपरीत देवनागरी लिपि मास्ने कार्य असंवैधानिक भएको बताउँदै आपत्ति व्यक्त गरेकी छन् ।

साथै, सांसद शाहले सुदूरपश्चिमको दार्चुलामा हालै एक महिलालाई जलाएर हत्या गरिएको विषयमा सरकारले अपराधीलाई कडाइका साथ कारबाही गरी समाजलाई सुरक्षित बनाउनुपर्नेमा ध्यानाकर्षण गराएकी छन् । देशमा दण्डहीनताको अभावमा महिला हिंसा बढदै गएकामा आफू चिन्तित भएको उनले बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *