विराटनगरस्थित आरोहण गुरुकुलमा नाटक ‘द स्कुल ब्वाइ’ मञ्चन हुँदै

काठमाडौँ । विराटनगरस्थित आरोहण गुरुकुलले बाल मनोविज्ञान एवं विलियम ब्लेकको कवितामा आधारित नाटक ‘द स्कुल ब्वाइ’ मञ्चन गर्ने भएको छ ।

गुरुकुलले यही आउँदो जेठ २० गतेदेखि जेठ २९ गतेसम्म सोमबार बाहेक हरेक दिन अपराह्न ५:३० बजेदेखि मञ्चन गर्ने भएको हो । नाटक ‘द स्कुल ब्वाइ’ विराटनगरको सुशीला कोइराला नाटकघरमा मञ्चन गरिने गुरुकुलले जानकारी दिएको छ ।

टिकटदर रु.५०० र रु.२०० राखेको गुरुकुलले विद्यार्थीहरूलाई सहुलियतस्वरूप ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *