ओलीकाे प्रक्षेपण- वैशाख ३० गठबन्धनका लागि ठूलाे खड्गाे (भिडिओसहित)

काठमाडाैँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँचदलीय गठबन्धनका लागि वैशाख ३० सबैभन्दा ठूलाे खड्गाे भएकाे बताएका छन् । ज्यातिषहरूले पनि त्यही बताउने गरेकाे उल्लेख गर्दै उनले थपे, ‘मैले भनेकाे हाेइन, ज्याेतिषहरूकाे कुरा हाे । वैशाख ३० नै गठबन्धनका लागि ठूलाे खड्गाे हाे ।’ आइतबार पार्टीले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा पत्रकारहरूसँग सवाल-जवाफ गर्दै उनले थपे, ‘याे अपराध गर्ने गठबन्धन हाे । यसले खड्गाे काट्न सक्दैन ।’

कांग्रेसले नेतृत्व गरेकाे गठबन्धन देशका लागि नभएकाे आराेप ओलीकाे छ ।

‘प्रचण्डले चितवनवासीलाई धम्क्याए’

ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनवासीलाई धम्क्याएकाे आराेप लगाएका छन् । वैशाख २२ गते गठबन्धनले आयाेजना गरेकाे संयुक्त चुनावी सभालाई सम्बाेधन गर्नेक्रममा उनले चितवनवासीलाई धम्क्याएकाे ओलीकाे बताए । ‘प्रचण्डजीले चितवनवासीलाई धम्क्याएकाे सुनेँ,’ उनले भने, ‘मेराे छाेरी जिताउनुभएन भने मान्दिनँ, दुर्घटना हन्छ भनेर भन्नुभयाे । मेराे छाेरी जिताउनुभयाे भने उत्साहित हुन्थेँ भनेर भन्नुभयाे । त्यहाँ चितवनवासीलाई उहाँले धम्क्याउनुभयाे’, उनले भने ।

याे निर्वाचन आचारसंहिताविपरीत भएकाे ओलीले बताएका छन्

‘राताे सूर्यलाई निर्वाचन आयाेगले हरियाे पार्‍याे’

निर्वाचन आयाेगले एमालेलाई विभेद गरेकाे ओलीकाे भनाइ छ । ‘एमालेकाे सूर्यलाई पनि हरियाे पार्ने काम भयाे,’ उनले भने, ‘कांग्रेसकाे रुख हरियाे छ भन्दैमा राताे सूर्यलाई पनि हरियाे बनाउन त भएन नि । याे खासमा मुद्दा हाल्नुपर्ने कुरा हाे । तर हामीले यसपटक मुद्दा हालेनाैँ ।’

त्यही भएर पनि आफूहरूले आचारसंहिता मान्ने भन्ने डकुमेन्टमा हस्ताक्षर नगरेकाे प्रष्टाेक्ति दिए । ‘हामीले आचारसंहिता नमान्ने भनेका छैनाैँ । तर त्याे निर्वाचन आयाेगले प्रक्रिया नै पुर्‍याएन । त्यही भएर हामीले हस्ताक्षर गरेनाैँ,’ उनले भने ।

ओलीले गठबन्धनलाई कारबाही गर्नुपर्ने पनि बताए । ‘सातै प्रदेशमा गठबन्धनले निर्वाचन आचारसंहिताविपरीत सभा गरेर हिँडेकाे छ । उसलाई कारबाही गर्नुपर्दैन ? म निर्वाचन आयाेगलाई भन्छु, निर्वाचन आयाेगले यस्ताे व्यवहार नगराेस् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *