बालेन र गनेसलाई लौरो, हमालले पाए आँप,जगन्‍नाथलाई भुइँकटर

काठमाडौँ । निर्वाचन आयोगले वैशाख ३० मा हुने स्थानीय तहका चुनावका उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गरेको छ ।

 

बालेन शाहले पाए लौरो : काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार बालेन शाहले चुनाव चिह्न पाएका छन् । शाहले शनिबार लौरो चुनाव चिह्न पाएका हुन् ।

 

गनेस पौडेलको चुनाव चिह्न पनि लौरो : पोखरा महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार गनेस पौडेलले ‘लौरो’ चुनाव चिह्न पाएका छन्।

यो पनि:

अटेरीले चुनाव चिह्न ‘लौरो’ नपाउने

आयोगसँगको रस्साकस्सीपछि गनेसले पाउने भए ‘लौरो’

 

धगनढीको मेयरका स्वतन्त्र उम्मेदवार हमालको चुनाव चिह्न आँप : कैलालीको धनगढी उपमहानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले चुनाव चिह्न आँप पाएका छन् । शनिवार मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले उनलाई चुनाव चिह्न आँप प्रदान गरेको हो ।

 

जगन्नाथ पौडेलको चुनाव चिह्न भुइँकटहर : भरतपुर महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई भुइँकटहर चुनाव चिह्न परेको छ ।

भरतपुर नगरपालिकाका पूर्वउपमेयर पौडेल राष्ट्रियसभाका पूर्वसांसद हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *