आयोगसँगको रस्साकस्सीपछि गनेसले पाउने भए ‘लौरो’

काठमाडाैँ ।  पोखराको मेयरमा अटेरी उम्मेदवारहरूले लौरो चिह्न पाउने भएका छन् ।

यसअघि आयोगले उम्मेदवारहरूले लाैराे चुनाव चिह्न नपाउने बताएकाे थियाे । आयोगले पोखरामा ७ जना स्वतन्त्र उम्मेदवार भएकोले लौरो चिह्नसम्म नपुग्ने बताइएको थियाे । आयोगकाे उक्त निर्णयपछि अटेरीबाट मेयरमा उम्मेदवार गनेस पौडेलले सत्ताले दादागिरी देखाएको प्रतिक्रिया दिएका थिए ।

अटेरीहरूले आयोगकाे उक्त निर्णय अटेर गरेसँगै अन्ततः उनीहरूले लाैराे चिह्न पाउने भएका हुन् । आयोगकाे निर्णयबारे बताउँदै निर्वाचन अधिकृत निल पनेरूले अटेरीहरूले लाैराे चिह्न पाउने जानकारी दिए । उनले भने, ‘आयोगसँग धेरै सल्लाह र छलफल भयो । उहाँहरूले राखिदिने कुरा गर्नुभयो ।’

उनले पोखराको मतपत्र छाप्न बाँकी रहेकेोले उनीहरूले रोजेको चिन्ह पाउन सम्भव भएको बताए ।

यो पनि:

गनेस पौडेलको चुनाव चिह्न ‘लौरो’

अटेरीले चुनाव चिह्न ‘लौरो’ नपाउने

आयोगसँगको रस्साकस्सीपछि गनेसले पाउने भए ‘लौरो’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *