गनेस पौडेलको चुनाव चिह्न ‘लौरो’

२०७९ वैशाख १७ गते

पोखरा । पोखरा महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार गनेस पौडेलले ‘लौरो’ चुनाव चिह्न पाएका छन्।
स्थानीय तहमा दलगत राजनीति हुनुहुँदैन भन्दै स्वतन्त्रबाट उम्मेदवारी दिएका पौडेलले आज शनिबार निर्वाचन अधिकृतको कार्यालय पुगी आफ्नो चुनाव चिह्न लिइसकेका छन्। उनले आफ्नो चुनाव चिह्न ‘लौरो’ कमजोरका लागि साहारा र भ्रष्टका लागि दण्डको प्रतीक भएको टिप्पणी दिएका छन्। आज देशभर निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई चुनाव चिह्न वितरण गरेको छ।
पहिलो उपन्यासबाटै साहित्यमा स्थापित हुन सफल उम्मेदवार पौडेल लेखकसमेत हुन्। उनको ‘पैताला’ नामक कृति प्रकाशित छ।

२०७९ वैशाख १७ गते
प्रतिक्रिया
सम्बन्धित