अटेरीले चुनाव चिह्न ‘लौरो’ नपाउने

पोखरा । पोखराको मेयरमा अटेरी उम्मेदवारहरूले लौरो चिह्न नपाउने भएका छन् । निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारलाई ४० वटासम्म चुनाव चिह्न रोज्न पाउने अवसर दिएपनि उम्मेदवार धेरै नभएका ठाउँमा उम्मेदवारको आधारमा मात्रै रोज्न पाइन्छ ।

पोखरामा ७ जना स्वतन्त्र उम्मेदवार भएकोले लौरो चिह्नसम्म नपुग्ने बताइएको छ । ‘पोखरामा ७ जना उम्मेदवार स्वतन्त्र हुनुहुन्छ । उहाँहरूले टिपाउने बेलामा लौरो टिपाउनुभएको हो । तर, हामीले ७ वटा लाइनसम्मको मात्रै चिह्न वितरण गर्न पाइन्छ’, मुख्य निर्वाचन अधिकृतको कार्यालयका कर्मचारी राजाराम पौडेलले भने, ‘यहाँ तोकिएकोमध्ये एउटा रोज्नुपर्ने हो । बाहिरको नमुना मतपत्र हेरेर रोज्नुभयो । पोखराको भागमा लौरो पर्दैन ।’

चुनाव चिह्न अहिलेसम्म वितरण नभएको उनले बताए । ‘वितरण भैसकेको छैन । बोलाएको हो, आउनुभएको छैन,’ उनले भने, ‘अहिले अरूले रोजिरहनु भएको छ । आउनुभएन भने बाँकी रहेको चिह्न उहाँले पाउनुहुन्छ ।’ पहिलो सात वटा समूहमा पुतली, खरायो, हाँस, कमलको फुल, आँप, ब्याडमिन्टन कक र भुइँकटहर चिह्न छ ।

तर अटेरीबाट मेयरमा उम्मेदवारी दिएका गनेश पौडेलले भने सत्ताको दादागिरी भएको प्रतिक्रिया दिए । ‘दलीय दादागिरी हो । सत्ता डरायो नि,’ उनले भने, ‘यो देशमा यस्तो सामान्य भैसक्यो । चुनाव चिह्न रोज्न नपाउने भन्ने कतै हुन्छ ? पोखरामा मात्रै कोटा लाग्ने भन्ने छ र ?’ आफूहरूलाई चिह्न लिनका लागि भित्र जान समेत नदिएको उनको गुनासो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *