धगनढीको मेयरका स्वतन्त्र उम्मेदवार हमालको चुनाव चिह्न आँप

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले चुनाव चिह्न आँप पाएका छन् । शनिवार मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले उनलाई चुनाव चिह्न आँप प्रदान गरेको हो ।

चनाव चिन्ह पाइसकेपछि हमालले आफूलाई जिताउन आँपमा मतदान गर्न मतदातालाई आग्रहसमेत गरेका छन् । ‘हाम्रो धनगढी हामी बनाउँछौं’ भन्ने अभियानका साथ मेयर पदमा उम्मेदवारी दिएका उनले नगरवासीले जिताउनेमा विश्वस्त रहेको बताएका थिए ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा समेत धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका हमाल कांग्रेसका नृपबहादुर वडसँग पराजित हुुँदै दोस्रो भएका थिए । त्यतिबेला वडले १४,३२४ मत पाएका थिए भने हमालले ११,५२७ मत पाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *