खोटाङमा एक हजार ३२८ जनाको उम्मेदवारी

काठमाडौँ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि खोटाङमा एक हजार ३२८ जनाको उम्मेदवारी दर्ता भएको छ। दश स्थानीय तहका प्रमुख र उपप्रमुख तथा ७९ वडाका वडाध्यक्ष र सदस्य गरी ४१५ पदका लागि उम्मेदवारी दर्ता भएको हो।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका प्रमुखमा एक स्वतन्त्रसहित ६ तथा उपप्रमुखमा चारजनाको उम्मेदवारी दर्ता भएको छ। पन्ध्र वडा रहेको यस नगरपालिकामा ७७ पदका लागि २८४ जनाको उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख राजेश गौतमले जानकारी दिए। हलेसी तुवाचुङ नगरपालिका प्रमुखमा सात र उपप्रमुखमा पाँचसहित १८० जनाको उम्मेदवारी दर्ता भएको छ। एघार वडा रहेको नगरपालिकामा निर्वाचनबाट ५७ जनप्रतिनिधि चयन हुनेछन्।

यस्तै, जन्तेढुङ्गा गाउँपालिकाको प्रमुखमा चार र उपप्रमुखमा तीन जनासहित ८९ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत मानबहादुर मगरले जानकारी दिए। ६ वडा रहेको गाउँपालिकामा प्रमुख र उपप्रमुखसहित ३२ जना चयन हुनेछन्। केपिलासगढी गाउँपालिकाको प्रमुखमा तीन र उपप्रमुखमा चारसहित १२८ जनाको उम्मेदवारी परेको छ। सात वडा रहेको गाउँपालिकामा प्रमुख र उपप्रमुखसहित ३७ जनप्रतिनिधि चयन हुनेछन्।

ऐंसेलुखर्क गाउँपालिकाको प्रमुखमा दुई स्वतन्त्रसहित छ तथा उपप्रमुखमा तीनसहित १०८ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत रामाकान्त यादवले जानकारी दिए। सात वडा रहेको गाउँपालिकाबाट प्रमुख र उपप्रमुखसहित ३७ जनप्रतिनिधि चयन हुनेछन्। ६ वडा रहेको रावाबेँसी गाउँपालिकाको प्रमुख र उपप्रमुखमा चार–चारसहित १०८ जनाको उम्मेदवारी दर्ता भएको छ। कांग्रेस–माओवादी केन्द्र तथा जसपा र एकीकृत समाजवादीबीच गठबन्धन भएको गाउँपालिकाबाट ३२ जनप्रतिनिधि चयन हुनेछन्।

यसैगरी, खोटेहाङ गाउँपालिकाको प्रमुख र उपप्रमुखमा दुई–दुईसहित १११ जनाको उम्मेदवारी परेको छ। गाउँपालिकामा ४७ जनप्रतिनिधि चयन हुनेछन्। सात वडा रहेको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको प्रमुखमा ६ र उपप्रमुखमा चारसहित १३० जनाको उम्मेदवारी दर्ता भएको छ। गाउँपालिकामा ३७ जनप्रतिनिधि चयन हुनेछन्। ६ वडा रहेको बराहपोखरी गाउँपालिकाको प्रमुख र उपप्रमुखमा तीन–तीनसहित ९५ जनाको उम्मेदवारी दर्ता भएको छ। गाउँपालिकामा ३२ जना निर्वाचित हुनेछन्।

सबैभन्दा सानो साकेला गाउँपालिकाको प्रमुख र उपप्रमुखमा चार–चारसहित वडाध्यक्ष तथा सदस्यमा गरी ९७ जनाको उम्मेदवारी दर्ता भएको छ। पाँचवटा मात्र वडा रहेको गाउँपालिकामा अघिल्लो स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले जितेको थियो। जिल्लाका १० स्थानीय तहका विभिन्न पदका लागि एमाले एक्लै तथा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र एकीकृत समाजवादी पार्टीबीच चुनाबी तालमेल भएको छ।

विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा एमालेले पाँच, कांग्रेसले चार र माओवादी केन्द्रले एउटा स्थानीय तहमा जित हासिल गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *