इलाममा सुहाङको अग्रता एक हजार नाघ्यो
२०८१ वैशाख १६ गते

काठमाडौँ । इलाम–२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङको अग्रता हजार बढी भएको छ।
निर्वाचन आयोगको पछिल्लो मत परिणाम अनुसार सुहाङले ३ हजार ७८३ मत पाएका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर खड्का छन्। खड्काले २ हजार ७ सय ८२ मत पाएका छन्।
फाकफोकथुम गाउँपालिकाको वडा नं १, २, ३, ४, ५ र ६ को मतगणना सकिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी भने निक्कै पछाडी परेको छ। रास्वपाका उम्मेदवार मिलन लिम्बुले ५६१ मत पाएका छन्।
उनीभन्दा स्वतन्त्र उम्मेदवार डकेन्द्र लिम्बुले बढी मत पाएका छन्। डकेन्द्रको ७८४ मत छ।
२०८१ वैशाख १६ गते
प्रतिक्रिया
सम्बन्धित








