दुई जिल्लाबाट अवैध लागूऔषधसहित दुईजना पक्राउ

मोरङ । मोरङको रतुवामाई नगरपालिका- ३ छालगाछीबाट करिब ६ सय ८८ ग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित एक पुरुष पक्राउ परेका छन्।

पक्राउ परेका उनी पथरी शनिश्चरे नगरपालिका- ४ बस्ने ५३ वर्षीय खड्क प्रसाद सिलवाल रहेको जिल्ला प्रहरी कार्यालय मोरङले बताएको छ। प्रहरीले उनलाई हिजो सोमबार बेलुकी गरेको हो। भारतबाट नेपालतर्फ आउँदै गरेको बा ७६ प ४६९७ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक सिलवाललाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो।

त्यसैगरी, पर्वतको कुश्मा नगरपालिका ७ खरेहा बस्ने पर्सा सखुवा पर्सौनी गाउँपालिका १ स्थायी ठेगाना भएका २४ वर्षीय धिरेन्द्र ओझैयालाई नियन्त्रित लागूऔषध फेनारगन ४५ एम्पुल, डाइजेपाम ४३ एम्पुल, नुर्फिन ४५ एम्पुल र सिरिन्ज ३ थान सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ। धिरेन्द्रले लागूऔषधको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई आफ्नै कोठामा बसिरहेको अवस्थामा फेला पारी तालसी गर्दा उक्त परिमाणको लागूऔषध पनि भेटिएको बताइएको छ।

उनीउपर लागूऔषधसम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत पर्वतबाट ६ दिन म्याद थपको अनुमति लिई थप अनुसन्धान भइरहेको छ। प्रहरीले उक्त घटनामाथि थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *