वैशाख ६ गते मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

पञ्चाङ्ग
वि.सं. वैशाख ६, २०७८ । ई.सं. १९ अप्रिल २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४२ चौलाथ्व । नल उत्तरायण वसन्त । मंगलबार वैशाख कृष्णपक्ष । तिथि- तृतीया, १९:३२ बजे उप्रान्त चतुर्थी । नक्षत्र- विशाखा ६:१० बजेदेखि अनुराधा, २८:४३ बजे उप्रान्त मूल । योग- व्यतीपात, १९:५३ बजे उप्रान्त वरियान् । करण- वव ८:३७ बजेदेखि भद्रा, १९:३२ बजे उप्रान्त तैतिल । चन्द्रराशि वृश्चिक । आनन्दादि योग श्रीवत्स । दिनमान ३२।११ । सूर्योदय ५:३८ । सूर्यास्त १८:३० । स्वामी शशिधर जन्मजयन्ती, साँखुयात्रा (सकोयात) ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अपजस मिल्नसक्ने भएकाले सजग रहनुहोला । आर्थिक कारोबार र नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मानसिक चिन्ता बढेपनि श्रमको उचित मल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । रोकिएका काम भने यथावत् नै रहनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज नयाँ र मङ्गल कार्यको योजना बन्नेछ । राज्य र समाजबाट सहयोग मिल्नेछ, तर स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज वरपरका इष्टमित्रसँग भेटघाट गर्ने अवसर जुट्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । प्रेमी र प्रेमिकाको सहयोग मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामान हराउने वा चोरी हुने भय छ । टाउको एवं आँखा दुख्ने समस्या बढ्न सक्छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । घरको सामान्य मनोरञ्जनमा सहभागिता भइनेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्ला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । चिताएको र गरेको कार्यमा सफलता पाइनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज राज्यबाट सहयोग पाइनेछ । प्रेम सम्बन्ध कसिलो हुँदै जानेछ । सेयरबजार र कृषि कारोबारमा अधिक सफलता मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज सानातिना बाधाअड्चन आइलागे पनि काम रोकिने छैन । कार्य सम्पादनमा सहजता मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) प्रतिष्ठा कमाउने बेला छ । परिवारसँग समय बिताउने अवसर जुट्नेछ । शुभकार्यको चर्चा चल्नेछ, तर स्वास्थ्य मापदण्ड अपनाउनु पर्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । नजिकको व्यक्तिबाट कार्यहरू पुरा हुनेछन् । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज शेयरबजारबाट लाभ मिल्नेछ । वैदेशिक कारोबारमा अधिक सफलता मिल्नेछ । शुभ कार्यको चर्चा चलनेछ र सफल यात्रा पनि हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

हाम्रो पात्रो/नेपाली पात्रोबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *