एआईजी बढुवा प्रकरण : २० गतेलाई ताेकियाे पेसी

काठमाडाैँ । प्रहरी अतिरिक्त महानिरीक्षक [एआईजी] बढुवा गर्ने सरकारको निर्णयविरुद्ध दायर भएको रिटमा आउँदो २० गतेलाई पेसी तोकिएको छ । जुनियरलाई बढुवा गरेर सिनियरलाई छुटाएको भन्दै तीन सिनियर डीआईजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्कीले बढुवाको निर्णयविरुद्ध सर्वोच्च अदालतमा बिहीबार रिट दर्ता गराएका थिए । उक्त रिटमाथि आउँदाे २० गतेलाई पेसी ताेकिएकाे छ ।
चैत १ गते गृहसचिव नेतृत्वको बढुवा सिफारिस समितिले वसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई बढुवाका लागि सिफारिस गरेको थियो । तर, आफूभन्दा जुनियर डीआईजीद्वय सिंह र धानुकलाई एआईजी बनाउन सिफारिस गरेको भन्दै उनीहरुले बढुवामाथिको उजुरी सुन्ने समितिमा उजुरी दिएका थिए । उक्त उजुरीमाथि कारबाही गर्दै लोकसेवा आयोगका अध्यक्ष रहेको उजुरी सुन्ने समितिले बढुवा सिफारिस समितिको निर्णयलाई सदर गरेसँगै सरकारले समेत उनीहरुलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।
उनीहरूले आझै दर्ज्यानीसमेत पाइसकेका छन् ।








