बढुवा भएका तीन एआईजीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । नेपाल प्रहरीका तीनजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा, बढुवा भएका डीआईजीहरू वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

बिहीबार बसेको मन्त्रिपरिषद्काे बैठकले उनीहरूलाई बढुवा गर्ने निर्णय गरेको थियो । बढुवा प्रक्रियामा असन्तुष्टि जनाउँदै तीनजना डीआईजी भने सर्वोच्च अदालत गएका छन् ।

उनीहरूले बढुवा सिफारिस समितिको गुनासो सुन्ने समितिमा पनि उजुरी गरेकोमा समितिले बढुवा सिफारिस समितिको निर्णयलाई सदर गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *