संसद बैठक स्थगित, अर्काे बैठक शुक्रवार १ बजे

काठमाडाैँ । बिहीवार बस्ने भनिएको प्रतिनिधिसभाकाे बैठक स्थगित भएको छ । सरकारको आग्रहमा बैठक स्थगित भएको संसद सचिवालयले जनाएकाे छ ।

आजकाे बैठकमा एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गरियोस् भनी प्रस्ताव लैजाने कार्यसूची तयार भएको थियो । सरकारले सत्ता साझेदार दलहरूबाट एमसीसी अनुमाेदनका लागि विश्वास प्राप्त नगरेपछि संसद स्थगित गरिएकाे हाे ।

संसदकाे अर्काे बैठक भाेलि (शुक्रवार) १ बजे बस्ने भएकाे छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *