संसद्‌मा एमसीसी, घुमफिरमा अर्थमन्त्री (भिडिओसहित)

पोखरा । अमेरिकी सहायता परियोजना एमसीसी संसदमा छलफलका लागि पेश गर्नुपर्ने दिन अर्थमन्त्री जनार्दन शर्मा भने घुमफिरमा व्यस्त भएका छन् ।

बिहीवार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी माथि छलफल गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री शर्माले पेश गर्ने प्रारम्भिक कार्यसूची संसद सचिवालयले बुधबार नै सार्वजनिक गरेको छ । तर अर्थमन्त्री शर्मा भने पर्वत र बाग्लुङमा घुमघाममा छन् ।

अर्थमन्त्री शर्मा बुधबार साँझदेखि नै पर्वत र बागलुङका विभिन्न पर्यटकीयस्थल र रिसोर्टहरुमा घुमफिर गरिरहेका छन् । शर्माले पर्वतको एक क्याफेमा खाना खाइरहेको दृष्य अहिले सामाजिक सञ्जालमा चर्चामा छ ।

यो सम्झौताको मूख्य सरोकारवाला मन्त्रालय भएकाले पनि अर्थमन्त्रीले नै संसदमा पेश गर्नुपर्ने दायित्व हुन्छ । तर अर्थ मन्त्री शर्मा त्यसलाई छल्न काठमाडौँ बाहिर पुगेका हुन् ।

यसअघि फागुन ८ गतेको बैठकमा अर्थमन्त्री शर्माले नै एमसीसी पेस गर्ने कार्यसूची रहेकोमा बैठक सुरु हुनुअघि उनले बिरामी भएको भन्दै बैठकमा नै अनुपस्थित भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्झौता संसदमा पेश गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *