संसदकाे सम्भावित कार्यसूचीमा पर्‍याे एमसीसीमाथिको छलफल

काठमाडौँ । प्रतिनिधिसभाको फागुन १२ गते विहीबारको बैठकमा एमसीसीमाथि छलफल गर्ने प्रस्ताव पेश हुने भएको छ ।

संसद सचिवालयले बुधबार सार्वजनिक गरेको विहीबारको बैठकको सम्भावित कार्यसूचीमा सरकारले संसदमा पेश गरेको एमसीसी सम्बन्धि प्रस्ताबमाथि सामान्य छलफल गरियोस भन्ने प्रस्ताव पेश गर्ने प्रस्ताव पनि परेको छ ।
सम्भावित कार्यसूचीको २ नम्बरमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहायता सम्झाैता एमसीसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताब पेश गर्ने राखिएको छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठक बिहीबार विहान १२ बजे बोलाइएको छ । संसद बैठकको अन्तिम कार्यसूची भने कार्यव्यवस्था परामर्श समितिको बैठक पछि तय हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *