नेपालमा क्रान्ति र प्रतिक्रान्तिकारीहरूबीच संघर्ष चलिरहेको छ : प्रचण्ड
२०७८ फागुन ११ गते

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा क्रान्ति र प्रतिक्रान्तिकारीहरुबीच संघर्ष चलिरहेको बताएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
उनले लेखेका छन्, ‘विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरू फेरी पुरानै सत्ता उल्ट्याउन भरमग्दूर कोसिस गर्छन्। अहिले नेपालमा पनि क्रान्ति र प्रतिक्रान्तिकारीहरुबीच संघर्ष चलिरहेको छ। उनीहरूले कैयन षड्यन्त्र रचिरहेका र भ्रम छरिरहेका छन्। तर हामी ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुनेछौँ।’
उनले हाल भइरहेको सबै प्रपञ्चको जालो चिरेर विजयी बन्ने पनि दाबी गरेका छन् ।
२०७८ फागुन ११ गते
प्रतिक्रिया
सम्बन्धित








