संसद् बैठक शुरू, एमालेको विरोध जारी

काठमाडौँ । प्रतिनिधिसभाको बैठक शुरू भएको छ । बैठक शुरू हुनासाथ प्रमुख प्रतिपक्ष दल एमालेले विरोध थालेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको जानकारी गराउनसाथ एमाले सांसदले नाराबाजी गर्दै अवरोध गरेका हुन् । उनीहरूले ‘संसदीय मर्यादा कायम गर’लगायतका नारा लगाएका छन् ।

एमालेले आफूले कारबाही गरेका १४ सांसदलाई कारबाही गरेको सूचना टाँस गर्नुपर्ने माग गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *