वाईसीएल र प्रहरीबीच झडप (तस्वीर)

काठमाडाैँ । एमसीसी सम्झौताको विरोधमा उत्रिएकाे वाईसीएल, अखिल क्रान्तिकारी र प्रहरीबीच झडप भएकाे छ ।

एमसीसीकाे विराेधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच नयाँ बानेश्वरमा झडप भएकाे हाे ।

एमसीसीको विरोधमा उत्रिएका वाईसीएल, अखिल क्रान्तिकारीका कार्यकर्ताहरूले एमसीसी चाहिँदैन, एमसीसी सम्झौता खारेज गर लगाएका नारा लगाएका थिए ।

आन्दोलनकारीबाट ढुङ्गा प्रहार हुन थालेपछि प्रहरीले लाठी चार्ज तथा पानीकाे फाेहाेरा प्रयाेग गरी भिड तितरबितर पारेकाे थियाे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *