एमसीसी आज टेबुल नहुने, देउवा र प्रचण्डबीच सहमति 

काठमाडाैँ । प्रधान मन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच संसदमा एमसीसी  टेबल नगर्ने सहमति भएकाे छ ।

प्रधान मन्त्री निवास बालुवाटारमा दुई नेताबीच भएकाे भेटवार्तामा आज एमसीसी टेबुल नहुने सहमति भएकाे हाे । बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेकै बेला देउवा र प्रचण्डबीच सो सहमति भएको प्रधान मन्त्री देउवाकाे सचिवालयले जनाएकाे छ ।

सत्ता साझेदार दल माओवादी केन्द्रको बुधवार बसेको संसदीय दलको बैठकले संशोधन बिना एमसीसी पारित हुन नसक्ने निर्णय गरेपछि प्रधान मन्त्री देउवा तत्काल एमसीसी संसदमा टेबुल गर्ने निर्णयबाट पछि हटेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *