अमेरिकाले दोहोर्‍यायाे- फागुन १६ भित्र एमसीसी पास नभए द्विपक्षीय सम्बन्ध प्रभावित हुन्छ

काठमाडौँ । अमेरिकाले फागुन १६ भित्र संसद्‌बाट एमसीसी पास नभए द्विपक्षीय सम्बन्ध प्रभावित हुने चेतावनी दिएको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले फेरि ‘डेडलाइन’ सम्झाउँदै यस्ताे चेतावनी दिएका हुन् । ‘एमसीसी सहयोग परियोजना संसद्‌बाट अनुमोदन गर्ने वा नगर्ने नेपालको स्वेच्छिक र सार्वभौम निर्णयको कुरा हो,’ प्रवक्ताले भनेका छन्, ‘तर, यसले द्विपक्षीय कूटनीतिक सम्बन्धमा प्रभाव पर्नेछ ।’

भारतीय पत्रिका हिन्दूस्तान टाइम्ससँगको कुराकानीमा उनले नेपालले एमसीसी नलिनु दुखद् विषय भएको बताएक छन् । ‘बाह्‌य मुलुकको प्रभाव र भ्रष्टाचारका कारण नेपालमा एमसीसी सम्झौता संसद्‌बाट अनुमोदन हुन नसकेको हो भने त्यो अमेरिकाका लागि निकै दुःखदायी विषय हुनेछ । नेपाली जनताका लागि यो क्षतिको विषय हुनेछ,’ उनले भनेका छन् ।

उनले चीनको नाम नलिएपनि चीनको चलखेलमा नेपालको संसद्‌बाट एमसीसी अनुमोदन हुन ढिलाई भइरहेको संकेत गरेका छन् । फागुन १६ भित्र एमसीसी सम्झौता अनुमोदन गर्न नेपाललाई पत्रमार्फत अमेरिकाले आग्रह गरिसकेको स्मरण गरेका छन् । ‘पाँच महिनाको समयावधि फागुन १६ मा सकिँदै छ,’ उनले भनेका छन्, ‘त्यस अवधिभित्र नेपालले एमसीसी अनुमोदन गर्ने वा अस्वीकार गर्ने निर्णय लिनुपर्छ ।

यसअघि नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले पनि सोही प्रकृतिको प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *