चार बजेका लागि सारियो प्रतिनिधि सभाको बैठक
मकालु खबर
२०८१ जेठ ३ गते
काठमाडौं । बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक अपराह्न चार बजेका लागि सारिएको छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले बैठक सारिएको संसद सचिवालयले जनाएको छ ।
सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेर बैठक सारेका हुन् ।
आजको बैठकमा नै गृहमन्त्री रवि लामिछानेलाई बोल्ने गरी वातावरण निर्माणको प्रयास भइरहेको स्रोतले जनाएको छ ।
मकालु खबर
२०८१ जेठ ३ गते
प्रतिक्रिया
सम्बन्धित