विश्वास मत लिन बोलाइएको बैठक कांग्रेस, राप्रपा र नाउपाले घेरेपछि…

काठमाडौं । मुख्यमन्त्री दीर्घबहादुर साेडारीले विश्वास मत लिन बोलाइएको सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ । बैठक सुरू हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) र नागरिक उन्मुक्ति पार्टी(नाउपा) रेशम चौधरी पक्षका सांसद्हरूले विरोध गरेपछि बैठक स्थगित भएको हो ।

बैठकमा सरकार गठन र मुख्यमन्त्री नियुक्ती प्रक्रिया असंवैधानिक भएको भन्दै नारावाजी भएपछि सभामुख भीमबहादुर भण्डारीले आधा घण्टाको लागि बैठक स्थगित गरिएको जानकारी गराएका हुन् ।

नागरिक उन्मुक्ती संसदीय दलका नेता घनश्याम चौधरीले असंवैधानिक तरिकाले मुख्यमन्त्री नियुक्त भएका छन् । ‘यसका लागि हामी अदालतसम्म पनि पुगेका छौं । अदातबाट पनि पूर्ण फैसला भएको छैन। यो सरकार खारेज हुनुपर्छ। विश्वासको मत दिने पक्षमा हामी छैनौं । प्रक्रिया नै गलत छ,’ उनले भने ।

सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी विभाजित छ । रन्जिता पक्षका दुई जना सांसद नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता एवम् मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने तयारीमा छन् भने रेशम पक्षका पाँच जना सांसद् सरकारको विरोधमा उत्रिएका हुन् ।

सुदूरपश्चिममा ५३ सांसद छन् । सोडारीले बहुमतको लागि २७ मत पाउनुपर्छ। यहाँ नेकपा एमालेका ११, नेकपा माओवादी केन्द्रका सभामुख बाहेक १०, एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका ७ र स्वतन्त्र एक सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *