दक्षिण कोरियामा स्थानीय तह र संसदीय उपनिर्वाचन सम्पन्न

एजेन्सी । दक्षिण कोरियामा स्थानीय तहको निर्वाचन र रिक्त रहेका १४ संसदीय सिटका लागि बुधवार मतदान भएको छ । राष्ट्रिय निर्वाचन आयोगकाअनुसार हरेक चार वर्षमा आयोजना गरिने स्थानीय तहको यो नवौँ चरणको निर्वाचन हो । स्था
नीय समयअनुसार बिहान ६ बजे शुरु भएको मतदान साँझ ६ बजेसम्म (१२ घण्टा) चलेको थियो । यस निर्वाचनमार्फत १६ महानगरका प्रमुख तथा प्रान्तीय गभर्नर, २२७ नगरपालिका प्रमुख, ९३३ प्रान्तीय परिषद् सदस्य, ३ हजार ३५ नगरपालिका परिषद् सदस्य, १६ शिक्षा सुपरिटेन्डेन्ट र १४ जना राष्ट्रिय सभा सदस्य चयन हुनेछन् ।
कुल ४ करोड ४६ लाख ५० हजार योग्य मतदातामध्ये २३.५१ प्रतिशतले गत शुक्रवार र शनिवार सम्पन्न अग्रिम मतदानमा आफ्नो मताधिकार प्रयोग गरिसकेका छन् । दोस्रो वर्षमा प्रवेश गरेको ली जे–म्युङ प्रशासनका लागि यो निर्वाचनलाई विशेष गरी जनमत सङ्ग्रहको रूपमा हेरिएको छ ।








