इरानी सम्पत्तिबाट सामुन्द्रिक क्षतिको भरपाइ गरिन्छः डोनाल्ड ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भविष्यमा जहाज, कार्गो वा अन्य सम्बन्धित सम्पत्तिमा हुने कुनै पनि क्षतिको भुक्तानी अमेरिकाको नियन्त्रणमा रहेको इरानी कोषबाट गरिने घोषणा गरेका छन् ।

आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा एक पोस्ट गर्दै ट्रम्पले भनेका छन्, ‘यस वक्तव्यलाई आधिकारिक जानकारीका रूपमा लिइयोस् कि अब उप्रान्त जहाज, कार्गो वा सम्बन्धित सामग्रीमा हुने कुनै पनि क्षतिको शोधभर्ना अमेरिकाको कब्जा र नियन्त्रणमा रहेको इरानी रकमबाट गरिनेछ ।’

उनले अगाडि लेखेका छन्, ‘यी क्षतिहरू निकै ठूलो परिमाणको हुन सक्छन्, तर यो एक न्यायपूर्ण र निष्पक्ष कदम हुनेछ ।’

यद्यपि, कुन प्रकृतिका घटनाहरूमा इरानी सम्पत्तिको प्रयोग गरिनेछ भन्नेबारे ट्रम्पले कुनै विस्तृत विवरण दिएका छैनन् । मध्यपूर्वमा तनाव बढ्दै गएको र अमेरिकाले इरान लक्षित हवाई आक्रमणहरू जारी राखेको पृष्ठभूमिमा ट्रम्पको यस्तो भनाइ सार्वजनिक भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + eleven =