एमसीसीबारे कार्यसूची बनाएर छलफल गर्न भीम रावलकाे माग

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले एमसीसीबारे पार्टीभित्र छलफल चलाइनुपर्ने बताएका छन् ।

उनले एमसीसी आम नेपाली जनताको गम्भीर चासो र सरोकारको विषय भएकाले पार्टीभित्र कार्यसूची बनाएर छलफल  गरिनुपर्ने माग गरेका हुन् ।

सोमबार बसेको एमाले संसदीय दलको बैठकमा नेता रावलले यस्तो गम्भीर र संवेदनशील विषयमा नेकपा एमाले जस्तो राजनीतिक दलले राष्ट्रिय स्वाधीनता एवं हितको पक्षपोषण गर्दै स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताएका हुन् ।

रावलले भनेका छन्, ‘यसका लागि संसदीय दलमा कार्यसूची निर्धारण गरी गम्भीर छलफल गरियोस् भनी माग गर्दछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *