तिमी जाने कुरा सुनेर (कविता)

तिमी जाने कुरा सुनेर
रोक्नुपर्ने हो मैले
तिम्रो अघि गएर
तिम्रा पैतालाहरूलाई

समाउनुपर्ने हो
जोड-जोडले
तिम्रो हातहरूलाई

रोक्नलाई म सँग छन्
कयौँ-कयौँ बहानाहरू
र, रोक्न पनि सक्छु
तिम्रो बाटो लागिसकेका पाइलाहरूलाई

तर
तिमी नजाऊ भनेर
तिम्रो पाइला नरोकेर
तिम्रो हात जोड-जोडले नसमाएर

समयलाई सुटुक्कै भनेकी छु
चलिरहेको गतिलाई
‘अझै केही छिटो चलाई दे’ भनेर

थाहा छ ,
समयले न कसैलाई पर्खाउँछ !
न समयले कसैलाई पर्खिन्छ !
फगत आफ्नै अधीर मन बुझाउन
बनाएको हुँ समयलाई प्यादा

तिमी जाने कुरा सुनेर..

मलाई यो कुराले दुखित बनाएको छैन
कि तिमी जाँदैछौ

मलाई त यो कुराले बढी खुसी बनाएको छ।
कि हामी चाँडै भेटिने छौँ ।।

प्रतिक्रिया

One thought on “तिमी जाने कुरा सुनेर (कविता)

  1. Dipa g dherai badhai tapai ko kabita adhyan gare.eutai gaubaasi pariyo chinjan chhiana hamro,muri muri suvakamana

Leave a Reply

Your email address will not be published. Required fields are marked *