सन्दीप अनसाेल्ड !

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) काे पहिलाे दिनकाे मेगा अक्सनमा अनसाेल्ड भएका छन् ।

शनिबार भएको मेगा अक्सनमा उनलाई लिन आइपीएलका १० मध्ये कुनैपनी क्लब इच्छुक भएनन् । उनले आफ्नो बेस प्राइस ४० लाख भारु राखेका थिए । जसको अर्थ उनलाई लिन कम्तीमा ४० लाख भारु खर्च गर्नुपर्ने थियो ।

सन्दीपले आइपिएलका तीन सिजनमा दिल्ली क्यापिटल्समा अनुबन्ध भएका थिए । उनले तीन सिजनमा ९ खेल खेल्दै १३ विकेट लिएका थिए । दिल्लीले सन्दीपलाई सन् २०१८ मा २० लाख भारुमा अनुबन्ध गरेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *