विश्वकप अघि सन्दीपको कडा अभ्यास, पारसको साथ

काठमाडौं । बलात्कार मुद्दामा सफाई पाएसँगै सन्दीप लामिछाने विश्वकप क्रिकेटको तयारीमा व्यस्त भएका छन् ।

अमेरिका र वेस्ट इन्डिजमा जुन २ बाट हुने टि–२० विश्वकप क्रिकेटमा सन्दीपलाई सहभागी गराउने तयारी भइहरको छ ।

सफाईपछि क्यानले सन्दीपको निलम्बन पनि फुकुवा गरिसकेको छ । केहीदिनमा उनलाई अमेरिका पठाउने तयारी पनि भइरहेको क्यानले जनाएको छ ।

विश्वकप क्रिकेटको तयारीको लागि सन्दीप कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अभ्यास गरिरहेका छन् । नेटमा बलिङ अभ्यास गरिरहेका सन्दीपलाई ब्याटर लोकेश बमले सघाइरहेका छन् ।

यस्तै विनोद भण्डारी, शरद भेषावकर, मौसम ढकालले पनि उपस्थित भएर सन्दीपलाई सघाइरहेका देखिन्छ । यसैबीचमा शनिबार क्यानका सचिव पारस खड्का सन्दीपको तयारी हेर्न पुगेका थिए ।

राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान समेत रहेका खड्का अभ्यासस्थलमा पुगेर बलिङ टिप्सहरू दिइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *