चेन्नई र आरसीबीको महाभिडन्त, कसले मार्ला बाजी ?

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज एक खेल हुँदैछ ।

आज चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) बीच खेल हुन लागेको हो । बैंगलुरुमा हुने यो खेल नेपाली समय अनुसार राति ७ः४५ बजेदेखि सुरु हुनेछ ।

जारी आईपीएलको प्लेअफमा पुग्न दुवै टिमका लागि यो खेल जित्नैपर्ने अवस्था रहेको छ । आरसीबीले चेन्नईलाई १८ रनको अन्तर वा चेज गर्दा १८.१ ओभर अगाडि जितेमा प्लेअफमा पुग्ने सम्भावना रहेको छ । भने चेन्नईले जितेमा वा माथि उल्लेखित भन्दा कम अन्तरमा हार बेहोरेमा प्लेअफमा पुग्ने छ ।

चेन्नईको अहिले १३ खेलमा १४ अंक रहेको छ र चौथो स्थानमा छ भने आरसीबी १३ खेलमा १२ अंकसहित छैटौं स्थानमा रहेको छ ।

यस सिजनमा कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद यसअघि नै प्लेअफमा पुगिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *