टी-२० विश्वकपको छनोटका लागि नेपाली क्रिकेट टोली ओमान जाँदै

काठमाडाैँ । टी-२० विश्वकपको छनोटका ओमान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ ।

आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायरमा सहभागिता जनाउन ओमान जान लागेको नेपाली टोलीलाई बिदाइ गरिएको हो ।

मंगलबार भर्चुअल माध्यमद्वारा आयोजित बिदाइ कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले खेलाडीहरूलाई बिदाइ गरेका हुन् । कोरोना संक्रमण जोखिमका कारण नेपाल क्रिकेट संघ (क्यान) ले भर्चुअल माध्यमद्वारा मंगलबार बिहान बिदाइ कार्यक्रमआयोजना गरेको हो । विश्वकपमा छनोटका लागि हुने खेलका लागि नेपाली टोली मंगलबार राति ८ः३० बजे ओमान प्रस्थान गर्ने तालिका रहेको छ ।

ग्लोबल छनोटका लागि नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्यान्ड र जर्मनीबिच खेल हुने छ । फेब्रुअरी १८ देखि २४ तारिखसम्महुने छनौट खेल अन्तर्गत समूह ‘ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन् भने समूह ‘बी’मायुएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।

छनोट अघि नेपालले ओमानमाचारदेशीय टी–२०सिरिज खेल्ने तालिका समेत रहेको नेपालक्रिकेट संघ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले जनकारी दिए । सिरिजमा नेपालसहित आयरल्यान्ड, युएई र ओमान रहेका छन् ।

खेलाडीहरूलाई बिदाइ गर्दै मन्त्रीअथकले विश्वकपका लागि ग्लोबल छनोट भएर आउन शुभकामना दिए । नेपाली क्रिकेट क्षेत्रले छोटो समयमै उल्लेख्य प्रगति गरेको भन्दै मन्त्री अथकले यसपटक विश्वकपका लागि नेपाली टोली छनौट हुनेमा आफू विश्वस्त रहेको बताए । नेपाली विरता सम्झिएर खेल्न समेत मन्त्री अथकले खेलाडीहरूलाई आग्रह गरेका छन् ।

राज्यले खेल पुर्वाधार निर्माणका लागि उल्लेख्य प्रयास गर्दै आएको तर्फ इंगित गर्दै मन्त्री अथकले केही ठूला पुर्वाधारहरू निर्माणधीन अवस्थामा रहेकाले आफ्नै कार्यकालमा त्यसलाई पूर्णता दिनेगरी निर्माण प्रक्रिया अगाडि बढाइएको बताए ।

क्यानका अध्यक्ष चतुर बहादुर चन्दले विगतमा देखिएका कमीकमजोरीलाई सच्याउँदै क्रिकेटको विकासका लागि सबै एक हुनुपर्नेमा जोड दिए । साथै खेलाडीहरूलाई उच्च मनोबलका साथउत्कृष्ट खेल प्रदर्शनका लागि समेत शुभकामना दिए ।

बिदाइ कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायके, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोईराला लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *