यस्ताे छ घरैबाट चलाउन सकिने त्रिविकाे सुपर कम्प्युटर (भिडिओ)

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा हालै सुपर कम्प्युटर सञ्चालनमा आएकाे छ ।

८ महिना लामाे प्रयासपछि त्रिविले माघ ९ गतेबाट विश्वविद्यालय सुपर कम्प्युटर ‘इन्स्टल’ गर्न सफल भएको हाे ।

त्रिवि भौतिकशास्त्र केन्द्रीय विभागका सह-प्राध्यापक माधवप्रसाद घिमिरेकाअनुसार सुपर कम्प्युटरको सञ्चालनले कार्यसम्पादनमा ठूलो र सकारात्मक परिवर्तन ल्याउने छ ।

त्रिविमा सुपर कम्प्युटरको डिजाइन, निर्माण र सञ्चालनको काम नेपाली सुपर कम्प्युटर विज्ञ काठमाडौँ विश्वविद्यालयकाे भौतिकशास्त्र विभागका डा. राजेन्द्रप्रसाद अधिकारीले गरेका हुन् ।

सुपर कम्प्युटर त्रिविको कीर्तिपुरस्थित सूचना प्रविधि तथा नवप्रवर्द्धन केन्द्रमा राखिएको छ ।

भिडिओः

याे पनिः के हो त्रिविले सञ्चालनमा ल्याएको सुपर कम्प्युटर ?

प्रतिक्रिया

One thought on “यस्ताे छ घरैबाट चलाउन सकिने त्रिविकाे सुपर कम्प्युटर (भिडिओ)

  1. Congratulations to all staff of Central Physics Department of TU for successful launching of SC. I am sure this will be useful to all staff and students of TU.Wishing you all a happy computing.

Leave a Reply

Your email address will not be published. Required fields are marked *