मकालु अन्तर्वार्ता

‘महिलाले निजत्वको कुरा भन्नु यौन कथा हुन्छ?’ – बिना थिङ तामाङ

कमलादीस्थित प्रज्ञा भवनमा कुनै किताबको विमोचनमा मेरो पहिलोपल्ट बिना थिङ तामाङसँग भेट भएको थियो । मैले चिन्ने एक जना कवि म्याम उहाँको नजिकै बस्नुभएको थियो । उहाँसँग बोल्दै गर्दा उहाँले सोध्नुभएको थियो ‘निन्द्रा कस्तो छ?’

मलाई त्यो प्रश्न अनौठो तर एकदमै महत्त्वपूर्ण लाग्यो । त्यसपछि उहाँहरूको बिचमा निन्द्राको बारेमा कुराकानी भयो । उहाँको प्रश्नले दुबैलाई खुलेर बोल्न सघायो । त्यतिन्जेल मैले उहाँलाई एक कथाकारको रूपमा चिनेको थिएँ । उहाँका लेखहरू पढेको थिएँ । त्यो प्रश्नले उहाँसँग अझै नजिक बनायो । 

बिट्विन द लाइन्स पडकास्ट सुरु गरेपछि उहाँलाई पनि एउटा अतिथि बनाउने मैले सोचेको थिएँ । उहाँको कथा कविताले बोल्ने भाषा अनि बोली सँगै उहाँले निन्द्राको बारेमा सोधेका प्रश्नहरूलाई अझै केलाउने मन थियो । 

पहिला पढेको उहाँको कथासङ्ग्रह ‘याम्बुनेर’ अनि केही कविताहरू दोहोर्‍याइसकेको थिएँ । अब उहाँलाई भन्न मात्र बाँकी थियो ।  

‘बिना म्याम हजुर सँग अन्तर्वार्ताको योजना छ ल मेरो ।’ दसैँ सकिएपछिको एक दिन मैले उहाँलाई म्यासेज गरेँ । 

उहाँले स्विकार्नुभयो । हामीले भेट्ने समय निश्चित गर्‍यौँ । मकालुखबरको स्टुडियोमा भेट्यौँ । त्यसपछि यो कुराकानी गर्‍यौँ ।

यसमा मैले उहाँलाई फरक फरक खाले प्रश्नहरू गरेको छु । विशेषगरि उहाँको पछिल्लो किताब ‘याम्बुनेर’ले उठाएका सवालहरूबारेमा सोधेको छु । उहाँले किताबको सुरुवातमा काठमाडौँ अर्थात् ‘याम्बु’ त्यति टाढा थिएन भन्नुभएको थियो । अहिले कति टाढा छ भनेर सोधेको छु । 

किताबमा तामाङ भाषा प्रयोग भएको छ । मैले तामाङ भाषाको माध्यमबाट नेपालमा पछाडि पारिएका भाषाहरूको अवस्थाबारेमा प्रश्न सोधेको छु । 

उहाँले आफ्नो कथामा वा लेखहरूमा महिलाहरूलाई पटक पटक तगारोमा पारिएको बारेमा लेख्नुभएको छ । त्यो ‘तघारो’ कस्तो छ सोधेको छु । 

याम्बुनेर कथाकी मुख्य पात्र सोममायाको रक्सी सेनाहरूले पोखाइदिइरहन्छन् । तर पनि उनी रक्सी बनाउन छोड्दिनन् । उनी मौन विद्रोह गरिरहन्छिन् । ती पात्र कसरी बनिन् सोधेको छु । 

उहाँले यहाँ धेरै महत्त्वपूर्ण जवाफहरू दिनुभएको छ । विशेषतः महिला स्वनिर्णयको पक्षमा खुलेर बोल्नुभएको छ । महिला आर्थिक रूपमा सबल बन्दै गएमा कति फरक पर्छ भन्नुभएको छ । 

सँगै आफ्नो बाल्यकालका हीनताबोधहरू तथा सम्झनाहरू सुनाउनुभएको छ । 

‘मलाई तामाङ हुँ भन्न लाज लाग्थ्यो’ 

‘मेरा चरित्रको जिम्मा मै लिन्छु’

‘महिलाले निजत्वको कुरा भन्नु यौन कथा हुन्छ?’

भन्ने जस्ता जवाफहरू दिनुभएको छ । 

उहाँलाई मैले सोधेका प्रश्न तथा उहाँले दिएका सबै जवाफ यहाँ छन् । यसको टाइम स्ट्याम्पमा गएर सिधै सुन्न सक्नुहुन्छ है त ।

0:00 – 0:45 – अन्तर्वार्ताको सुरुवात

0:46 – ‘याम्बुनेर’ किताबको सुरुवातमा काठमाडौँ त्यति टाढा पनि थिएन भनेर लेख्नुभएको छ । अहिले काठमाडौँ कति टाढा छ?

3:06 – कसैको भाषालाई नचिनिदिएको क्षति के हुन्छ?

5:32 – तपाईँको अगिल्लो पुस्ताको भाषाप्रतिको बुझाइ कस्तो थियो?

7:15 – अहिले यो विषयमा कस्तो समस्या छ?

8:31 – तपाईँले पटक पटक ‘तघारो’को कुरा ल्याउनुभएको छ । तपाईँले कस्तो कस्तो तघारो भोग्नुभयो?

9:33 – महिलाले अरू धेरै सङ्घर्षहरू गर्नुपरेको छ । त्यो तह कसरी बनेको होला?

13:59 – अटेरी गरेको वा मौनरुपमा गरेको विद्रोहको बारेमा केही बताइदिनु न । तपाईँले आफ्नो विद्रोहलाई कसरी हेर्नुहुन्छ वा आफ्नो वरपर भएका विद्रोहलाई कसरी हेर्नुहुन्छ?

17:28 – ‘याम्बुनेर’ कथाको मुख्य चरित्र सोममाया कसरी बनाउनुभयो सुनाउनु न ।

19:17 – तपाईँ र तपाईँको चरित्रको बिचमा द्वन्द्व हुन्छ कि हुँदैन?

21:22 – पहिलो विशेषता- तपाईँको महिला चरित्रहरू बलिया छन् । एउटा कथामा सासुले बुहारीलाई बिहे गर भन्छिन् । यस्तो चरित्रहरू नेपाली समाजलाई किन चाहिन्छ ?

24:21 – महिला स्वनिर्णयको अधिकार चाहिन्छ भन्ने कुरा तपाईँमा कसरी आयो?

25:00 – तपाईँलाई आफू कथा लेखक रहेछु वा मेरो कथाले केही बोल्दोरहेछ भन्ने कसरी थाहा भयो?

28:40 – सोचेर लेख्न थाल्दा देख्ने कुराहरू के के फरक पर्दोरहेछ?

29:52 – अभिव्यक्तिको कुरा एउटा भयो । अनि मन लागेको भाषामा अभिव्यक्तिको कुरा अर्को । तपाईँको किताबमा धेरै तामाङ भाषा प्रयोग भएको छ । त्यो कुरा लेख्न थालेपछि के हुँदो रहेछ ?

33:57 – तपाईँले सपना देख्ने भाषा के हो ? यदि यो कथासङ्ग्रह सबै तामाङ भाषामा लेख्नुपरेको भए?

36:32 – भाषाको बुझाइमा हाम्रो संरचनाले गरिरहेको गल्ती के हो ?

39:18 – हाम्रो भाषामा लैङ्गिक रूपमा असमान छ जस्तो लाग्छ कि लाग्दैन?

40:46 – अर्को विशेषता: तपाईँको पुरुष पात्रहरू तपाईँलाई कस्तो लाग्छ?

43:00 – तपाईँले पढाइरहेका बच्चामा लैङ्गिक समानताको बुझाइ कस्तो छ? उनीहरूले सोध्ने प्रश्न कस्ता छन्?

44:45 – तपाईँको कथामा महिला चरित्रहरूले आफ्नो नितान्त व्यक्तिगत अनुभव वा यौन इच्छाका कुराहरू बोलेका छन् । त्यसको बारेमा केही भन्नु न । 

53:26 – आफ्नो यात्राको पछाडि फर्किँदा तपाईँलाई कस्तो लाग्छ? तपाईँ ठाउँ सर्नुभएको छ । वा आफ्नो गिल्टलाई कुनै तरिकाले भन्नुभएको छ । कथामा पनि सपनाको सिक्वेन्स छ । 

59:29 – तपाईँसँग पहिलोपल्ट भेट हुँदा तपाईँले निन्द्राको कुरा उठाउनुभएको थियो । तपाईँ निदाएको छौ कि छैनौ भनेर अरूलाई किन सोध्नुहुन्छ?

1:01:48 – पुरुष र महिलाको निद्रा पनि फरक फरक छ? के हाम्रो समाजमा महिलाको निन्द्रा अझै बढी बिथोलिएको हो?

1:10:00 – तपाईँलाई के ले खुसी बनाउँछ?

1:11:29 – तपाईँलाई के ले दुखी बनाउँछ?

1:12:52 – तपाईँलाई के ले दिक्क लगाउँछ?

1:14:05 – तपाईँलाई के ले आशावादी बनाउँछ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *