विट्विन द लाइन्स

ज्ञानेन्द्र मल्लसँग सन्यास, क्रिकेट, बल, पिच, अनि खेलाडीको जीवनबारेमा कुराकानी (भिडियोसहित)

‘मलाई ज्ञानेन्द्र मल्लको अन्तर्वार्ता लिन मन छ । उहाँसम्म पुर्याइदेउ न ।’

मैले क्रिकेट कमेन्टेटर साथी सचिन तिमल्सिनालाई फोन गरेँ । 

उनले उता फोन गरे । केही समयमा फोन नम्बर दिँदै भने ‘कुरा गरिदिएको छु । तिमीले सिधै भेटे हुन्छ ।’

मैले फोन गरेँ । 

‘ज्ञानेन्द्र दाइ ।’

‘हजुर।’

उताको आवाज परिचित आवाज थियो । क्रिकेट खेलाडी र कप्तानको रूपमा धेरैपल्ट सुनेको आवाज थियो । मैले आफूलाई चिनाएँ । उहाँसँग अन्तर्वार्ता लिनुभन्दा पहिला एकपल्ट भेट्न चाहेको पनि भनेँ । 

बबरमलको किङ्स कलेज स्थित क्याफे कोड्समा हाम्रो भेट भयो । क्रिकेटको कुरा खुब जम्यो । 

‘केही प्रश्नहरू सुरुवातमै दिनुहुन्छ कि ?’ उनले सोधे । 

‘हैन दाइ । सिधै कुरा गर्ने हो ।’ मैले भनेँ । बरु कुन कुन विषयलाई छोइन्छ सुनाएँ ।

उहाँले नेपाली राष्ट्रिय क्रिकेट टिमबाट सन्यास लिइसक्नुभएको थियो । सन्यास घोषणा गर्ने कार्यक्रममा एउटा सुन्दर सम्बोधन पढेर सुनाउनुभएको थियो । त्यो कसरी लेखियो मलाई त्यो सुन्नु थियो । 

आफ्नो दशक लामो करियर छोड्ने बेला एक खेलाडीको मनमा के चल्छ जान्नु थियो । उहाँको क्रिकेटको यात्रा कसरी सुरु भयो, त्यसले के के क्षणहरू कमायो त्यसमा पुग्नु थियो । सँगै एक खेलाडी हुनु भनेको के हो? जस्ता प्रश्नहरू पनि सोध्नु थियो । अनि सबैभन्दा मुख्य त परबाट देखिने एउटा खेलाडीलाई नजिकैबाट कस्तो देखिन्छ जान्नु थियो । 

त्यसपछिको एक दिन हामी कुरा गर्न मकालुखबरको स्टुडियोमा बस्यौँ । कुराकानी सुरु गर्‍यौँ । 

यो त्यही कुराकानी हो । 

उहाँलाई सोधिएका सबै प्रश्नहरूको टाइम स्ट्याम्प यहाँ छ । आफूलाई मन लागेकोमा गएर सिधै हेर्न सक्नुहुन्छ ।

00:00 0:23 – सन्यास घोषणा गर्दाको पत्रकार सम्मेलनको पछाडि के के भयो ? 

2:20 – सन्यास लिने कुरा कहिलेबाट सोच्नुभएको थियो ? 

6:32 – कुनै चिज छोड्ने कुरालाई तपाईँ कसरी लिनुहुन्छ ?

10:16 – सन्यास लिइसकेर अहिले पछाडि फर्किएर हेर्दा एउटा क्रिकेट खेलाडी हुनु भनेको के रहेछ ?

11:57 – राष्ट्रिय क्रिकेट खेलाडी हुनुले के के माग्दोरहेछ ?

17:17 – पत्रिकाको बल बनाएर खेलेको संझना थोरै संझिनु न । 

20:14 – तपाईँलाई क्रिकेटको के कुराले एक्साइट गरेको सुरुमा ? यसको के मनपरेको ?

33:47 – पहिलोपल्ट क्याप्टेन बनेको पल संझिनु न । क्याप्टेन बनेपछि के हुँदोरहेछ ?

39:11 – राष्ट्रिय टिमबाट डेब्यु गर्दाको प्रसङ्ग सुनाउनु न । 

43:45 – पहिला रेड बल क्रिकेट खेल्दाको प्रसङ्ग ।

46:37 – टुर्नामेन्टहरू कम हुँदाको असर । कसरी सिनियर प्लेयरहरूलाई असर गर्‍यो ? नेपाललाई कसरी घाटा भयो ?

50:17 – २५ रुपैयाँ प्रतिदिन पाएर खेल्दाको क्षण । राजु बस्नेतले क्रिकेटको लागि जागिर छोडेको प्रसङ्ग ।

53:19 – दक्षिण अफ्रिकालाई अन्डर १९ जित्दाको प्रसङ्ग । (लक्की दुई रन ।)

1:00:13 – तपाईँको वेस्ट म्याच (बंगालादेशसँग टी २० वर्ल्ड कप खेल्दा) को बारेमा भन्नु न । 

1:02:04 – क्रिकेट पिचमा के हुन्छ ? क्रिजमा के कुरा आफ्नो नियन्त्रणमा हुन्छ के मा हुँदैन ?

1:04:53 – सानो मोमेन्टको बारेमा भन्नु न । खेल्ने र आउट हुने कुरा एकदमै छोटो रियाक्सन टाइममा हुन्छ । त्यो कुरालाई तपाईँ कसरी हेर्नुहुन्छ ? क्रिकेट फिजिकल भए पनि साइकोलोजिकल गेम पनि त हो नि ।

1:08:51 – पहिलो विशेषता- पारस खड्का र तपाईँ बिचको सहकार्य । सुरुवाती सम्झनाहरू सुनाउनु न । 

1:11:06 – दोस्रो विशेषता- चौका । चौका हान्ने प्लेयर कसरी हुनुभयो ?

1:12:13 – राष्ट्रिय टिमको क्याप्टेन हुँदाको अनुभव । (Filling the boots of Paras Khadka)

1:14:35 – युएईसँगको खेलमा आकाश हेर्दाको प्रसङ्ग (सिनियर खेलाडी हुँदाको अनुभव सहित) – क्रिकेटको रिले दौड

1:19:07 – हाम्रो जीवनमा सानो पलले धेरै महत्त्व राख्छ । तर सँगै कुनै मोमेन्ट ठुलो पनि भइदिन्छ । क्रिकेटमा यो सानो ठुलो भनेको के रैछ ? जित र हार के रैछ ?

1:21:53 – तपाईँको जीवनको सबैभन्दा लो मोमेन्ट कुन हो ?

1:24:15 – एउटा टिम बन्नु भनेको के रहेछ ?

1:25:53 – देशभरबाट क्रिकेट खेल्नेमा केवल ११ जना टिममा पर्ने हुन् । तर ती ११ जना बन्न लाखौँले खेल्नुपर्छ । यो कुरालाई कसरी हेर्नुहुन्छ ?

1:28:27 – सन्यास लिएर टिमबाट बाहिरिएपछि पहिलोपल्ट म्याच हेर्दा कस्तो लाग्यो ?

1:29:53 – तपाईँलाई के ले खुसी बनाउँछ ?

1:29:59 – What makes you sad?

1:30:50 – What makes you anxious?

1:31:06 – What makes you frustrated?

1:31:17 – What makes you hopeful?

1:31:53 – Message to the fans. 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *